संक्षिप्त परिचय

माहागढीमाई नगरपालिका बारा जिल्लामा रहेको पाँच वटा नगरपालिका मध्य एक हो जो साबिकका माहागढीमाई नगरपालिका,पिपराबिर्ता, कबहीजब्दी, प्रशुरामपुर(१), मझरीया(८), मधुरीजब्दि, महेशपुर(१) गा.वि.स.हरु मिलेर बनेको छ।यस नगरपालिकाको स्थापना बि.सं.२०७३ सालमा भएको हो। यस नगरपालिका को पूर्वमा करैयामाई गाऊपालिका र पचरौता गाऊपालिका, पश्चि मा कलैया उप-महानगरपालिका, उत्तरमा करैयामाई गाउँपालिका र दक्षिनमा देवताल र स्वर्ण गाऊँपालिका रहेको छ। ५५.३२ वर्ग मि.मि क्षेत्रफल रहेको यस नगरपालिकामा बहुजातिको बसोबास रहेको पाईन्छ।मुख्य रुपले यादब, गुप्ताि, चैधरी आदिको मिश्रित बसोबास पाईन्छ। जम्मा ११ वडा रहेको यस नगरपालिकामा जनसंख्या बि.सं. २०६८ को राष्ट्रि्य जनगणना अनुसार ५४,४७४ छ।